चुनावको दिन देशभर सार्वजनिक बिदा

न्युजलय २६ बैशाख २०७९, सोमबार ११:५६ मा प्रकाशित

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानिय चुनावको दिन सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 


आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चुनावको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । त्यस दिन देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।