सोलुखोला दूधकोसी हाइड्रोको सुरुङ मार्गमा दुर्घटना हुँदा एक जना मजदुर बेपत्ता, एक घाइते

न्युजलय १३ माघ २०७८, बिहिबार ०७:०३ मा प्रकाशित

सोलुखुम्बु ।  निर्माणधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मदजुर बेपत्ता भएका छन्। 

बिहीबार(आज) बिहान थुलुङ दुधकोशी गाउँपालिका–३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा बकेट चुँडिदा १ जना मजदुर हराइरहेको र १ जनालाई घाइते अवस्थामा उद्वार गरिएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका–४ का २० वर्षीय अंगत राय थारुको उद्वार गरि उपचारका लागि एम्बुलेन्समार्फत मिसन अस्पताल ओखलढुंगा पठाइएको छ।

आज बिहान सुरुङभित्र पेनस्टक पाइप विछ्याउन जानेक्रममा सामाग्रीसहित चार जना मजदुर चढेको बकेट बीचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ।