काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिँदा एमालेका केशव स्थापित दोस्रो स्थानमा छन् । बालेन मतान्तर दोब्बर बनाउने क्रममा छन् ।
१,२,३,४ र ३२ वडाको मत गणना हुँदा शाहको मत १ हजार ५७५ छ। स्थापितको मत ९ सय ८५ छ भने सिंहको मत ८ सय २५ छ।
यता उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलले लोकप्रिय मत पाएकी छिन् । ४ हजार ४४४ मत गणना सकिँदा एमालेकी सुनिता डंगोलले १७४३ मत प्राप्त गरेकी छन् ।उनीसँग प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मतका साथ पछ्याइरहेका छन् ।