काठमाडौँ । कोरोना विरुद्धको फाइजर खोप अमेरिकाबाट नेपाल ल्याइएको छ ।
शुक्रबार बिहान अमेरिकी सरकारको कोभ्याक्स अन्तर्गत फाइजर खोप ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति महाशाखाले जनाएको छ ।
उनका अनुसार आगामी सोमबार थप साढे सात लाख खोप पुनः आउनेछ । फाइजर खोप १२ बर्ष माथिका बालबालिकालाई लगाइनेछ ।
नेपालमा हालसम्म विभिन्न मुलुकबाट गरेर कुल ४ करोड ७८ लाख ८२ हजार ८०० खोप प्राप्त भएको छ । कोभिशिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन्, फाइजर, अष्ट्राजेनिका खोप विभिन्न मुलुकबाट ल्याइएको छ ।