इटहरी । इटहरी रंगशालामा सुरु भएको जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको पहिलो खेलमा गोधुली क्लव धरानले जित हात पारेको छ ।
बिहिबार(आज) भएको पहिलो खेलमा गोधुली क्लब धरानले एलेभन एरोज क्लब दुहबीलाई २–० ले पराजित गरेको हो । खेलमा गोधुली क्लब धरानका खेलाडी सविन राइ म्यान अफ द म्याच घोषित भए । उनले एक हजार पाँच सय नगदसहित प्रमाणपत्र प्राप्त गरे ।
आजै हुने दोस्रो खेलमा न्यू स्टार क्लब बराहक्षेत्र र गोल्डेन स्टार क्लब दुहबीबीचे प्रतिष्प्रधा भइरहेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा हुन लागेको ए डिभिजन जिल्ला लिगमा सुनसरीका आठ टिमले प्रतिष्पर्धा गर्ने छन् ।