इटहरी । दिनभर तनावग्रस्त बनेको इटहरीको एपेक्स हस्पिटल परिसर साँझ झनै तनावग्रस्त बन्दै गएको छ ।
प्रहरी र आफन्त बिच बेला बेला मुडभेड हुँदै साम्य हुँदै गर्नाले दिनभर हस्पिटल परीसर तनावग्रस्त भएको हो ।
एपेक्स हस्पिटलको लापारवाहीले इटहरी २ बरगाछीका साढे ३ बर्षीय सन्देश शाहको मृत्यु भएको भन्दै परीवारले सडकमै शव राखेर विरोध प्रदर्शन गरेपछि हस्पिटल परीसर तनाव ग्रस्त बनेको हो ।
दिनभर हस्पिटल परीसरमा मात्र तोडफोड गरेका मृतकका परीवारले साँझ परेसंगै सवारी साधनहरुमा समेत तोफोड गरेका छन् ।
साँझ ७ः२५ सम्म पनि मृतक बालकको शव सडकमा राखेर प्रदर्शन गरीरहेका छन् । इटहरी स्थित खेतिखोला पुलमा विभिन्न सवारी साधनहरुमाथि इट्टा प्रहार गरेर प्रदर्शनकारीहरुले सवारीहरुको सिसा फुटाएका छन् ।
प्रदर्शनकारीहरुले खेतीखोलाको पुलमै टायर बालेर केहिबेर सडक समेत अबरुद्द गरेका थिए ।