मोटरसाइकलको ठक्करबाट निर्वाचन अधिकृत गम्भीर घाइते

न्युजलय १० जेठ २०७९, मङ्गलबार ०६:२६ मा प्रकाशित

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत कुमार कोइराला मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका छन् । 

मंगलबार(आज) बिहान सोताङ– ५ डाँडागाउँमा पैदल यात्रा गरिरहेका अधिकृत कोइरालालाई पछाडिबाट आएको बा.५१प ८९६६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । 

मोटरसाइकलले ठक्कर दिँदा उनको दाहिने खुट्टा भाँचिएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि उनलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।  

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।