सुदूरपश्चिमका चार जनामा ओमिक्रोन संक्रमण पुष्टि

न्युजलय ११ माघ २०७८, मङ्गलबार ०७:३६ मा प्रकाशित

 काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो ।

जनस्वास्थ्य प्रयोगशालाका अनुसार कञ्चनपुरका दुई जना, बझाङ र डोटिका एक एक जनामा ओकिक्रोन पुष्टि भएको हो । उनीहरू सबै भारतबाट स्वदेश फर्किएका बताइएको छ ।

अन्य १४२ जनाको रिर्पोट आउन बाँकी छ । सुदूरपश्चिम प्रदेशमा ओकिक्रोन संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।