छात्रालाई यौन दुर्व्यवहार गर्ने प्रिन्सिपल पक्राउ

न्युजलय ३० चैत २०७८, बुधबार ०३:२० मा प्रकाशित

खोटाङ । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङको महुरेगढी बहु प्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् ।


शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।


आरोपित आचार्यलाई एमालेनिकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाए।


घटना लगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरीले प्रिन्सिपल आचार्यलाई नियन्त्रणमा लिएको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।


शिक्षालयमा अध्ययनरत छात्रालाई पटक(पटक विभिन्न बहानामा यौनजन्य दुर्व्यवहार गर्दै आएकोमा मंगलबार दुई छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको सूचनाका आधारमा आचार्यलाई प्रहरीको जिम्मा लगाइएको अनेरास्ववियूका अध्यक्ष मोहन संग्रामले बताए ।