काठमाडौं । बुधबार(आज) नेप्से परिसूचक २.८७ अंकले वृद्धि भएर २०५७.८५ अंकमा बन्द भएको छ ।
नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकममा भने खासै उत्साह देखिएन । नेप्सेमा बुधबार(आज) ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ६१ लाख ८६ हजारको कारोबार भएको छ ।
जसमध्ये अरुण कावेली पावरको १६ करोड ९२ लाख ६६ हजारको कारोबार हुँदा अपी पावरको ८ करोड ८ लाख २५ हजार रिडी हाइड्रोपावरको ५ करोड ६४ लाख ६८ हजारको कारोबार भएको छ ।