युएई हिँडेका ५ युवती विमानस्थलबाट पक्राउ

न्युजलय २६ साउन २०७९, बिहिबार ०४:३१ मा प्रकाशित

काठमाडौं । युएई हिँडेका पाँच युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट पक्राउ परेका छन् ।

पर्यटक प्रवेशाज्ञा (टुरिष्ट भीसा)मा कुवेतहुँदै युएई जान लागेका पाँच युवतीले  पेस गरेको कागजात नक्कली भेटिएपछि अध्यागमनले पक्राउ गरी उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो । 

पक्राउ पर्नेमा माया तामाङ, पार्वती सार्की,अञ्जु बोहोरा,करुणा सिंह ठकुरी र सोमी धिताल रहेको विमानस्थल प्रहरी स्रोतले बताएको छ ।

ती युवतीहरु जजीरा एयरबाट कुवेत हुँदै युएई जाने तयारीमा रहेका थिए ।