रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

न्युजलय १८ जेठ २०८३, सोमबार ०१:४८ मा प्रकाशित

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्।

रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि यो लामिछानेको पहिलो औपचारिक भारत भ्रमण भएको बताइएको छ।

उनीसँग उनकी श्रीमती निकिता पौडेल पनि भारत गएकी छन्। भ्रमणका क्रममा लामिछानेले भारतका उच्च स्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।