मोरङ । सुनवर्षी नगरपालिका ७ बरडंगास्थित स्थानीय इनरलाल सिंहको पोखरीमा एक जना पुरुषको शव भेटिएको छ ।
जिल्ला प्रहरी मोरङका सूचना अधिकारी डिएसपी मञ्जिल मुकारुङका अनुसार स्थानीय ६० वर्षीय गंगाप्रसाद ताँतीको शव शुक्रबार पोखरीमा भेटिएको थियो ।
घरदेखि १५/२० मिटरको दूरीमा रहेको पोखरीमा ताँतीलाई मृत अवस्थामा देखेपछि स्थानीयको सहयोगमा परिवारजनले पोखरीबाट शव निकालेर घरमा ल्याएपछि प्रहरीलाई खबर गरेका थिए।
मुकारुङले शव पोष्टमार्टमका लागि रंगेली अस्पताल पठाएर घटनाको अनुसन्धान भइरहेको बताए ।