मनकामना क्षेत्रमा भूकम्पको धक्का

न्युजलय १३ माघ २०७८, बिहिबार १२:२१ मा प्रकाशित

काठमाडौँ । गोरखाको मनकामना आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । बुधबार बेलूकी ४ बजेर ५४ मिनेटमा मनकामना आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


मनकामना क्षेत्रमा गएको भूकम्पको धक्का गोरखासँगै चितवन र धादिङमा पनि महसुस भएको थियो । यो २०७२ सालमा गोरखाको बारपाकमा गएको भूकम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।