प्रदेश १ मा आज थप ६७३ जनामा कोरोना पुष्टि

न्युजलय १० माघ २०७८, सोमबार १२:५८ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३९, झापामा ११९, सुनसरीमा ५६, धनकुटामा ४, इलाममा ३, खोटाङ र उदयपुरमा २–२, पाँचथर, तेह्रथुम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ३० जनामा सङ्क्रमण देखिएको हो।

 

प्रदेश १ मा आज २१६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९६ महिला र १२० पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८५४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।