एमसीसीबारे भ्रम चिर्न कांग्रेसले ल्यायो ५० पानाको दस्ताबेज (दस्ताबेजसहित)

न्युजलय २ चैत २०७८, बुधबार ०१:३८ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले एमसीसीबारे भ्रम चिर्न ५० पृष्ठको दस्ताबेज ल्याएको छ। कांग्रेसले जारी गरेको दस्ताबेजमा एक दशकभन्दा लामो सम्झौता प्रक्रियामा संलग्न केही पार्टीहरू तथा पात्रहरूले दोहोरो प्रवृत्ति देखाएकाले एमसीसी गिजोलिन पुगेको उल्लेख गरेको छ।


‘ज-जसले यसलाई गिजोले, जनतामा भ्रम सिर्जना गरे, उत्तेजनाको राजनीति गरे र जुन दोहोरो चरित्र देखाए यसको मूल्यांकन आम जनताले गर्ने नै छन्’, कांग्रेसले जारी गरेको दस्ताबेजमा लेखिएको छ।

 

आउँदो ३० वैशाखमा स्थानीय तह निर्वाचनमा होमिन कांग्रेस पार्टी पंक्ति तथा कार्यकर्ताहरूलाई आग्रह गरिसकेको छ। गएको आइतबारदेखि कांग्रेसले देशव्यापी रूपमा ‘घर घर जाऊँ नेपाली कांग्रेस जिताऊँ’ अभियान शुरु गरिसकेको छ।

 

उक्त दस्तावेज कांग्रेसले स्थानीय तहसम्म बाँड्ने जनाएको छ। 

हेर्नुहोस् दस्ताबेज :