यातायात कार्यालय इटहरीबाट १७ जना नियन्त्रणमा

न्युजलय ९ असोज २०८१, बुधबार ०९:४० मा प्रकाशित

इटहरी । यातायात व्यवस्था कार्यालय इटहरीबाट १७ जना विचौलियालाई नियन्त्रणमा लिइएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार गुनासोहरुका आधारमा यातायात व्यवस्था कार्यालय, सवारी र सवारी चालक अनुमती पत्रबाट ती विचौलियालाई नियन्त्रणमा लिइएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ती कार्यालयहरुको स्थलगत अनुगमन गरि नियन्त्रणमा लिइएको जनाइएको छ । सो क्रममा एक जना नक्कली डाक्टरसमेत समातिएको प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयलले जानकारी दिए ।