काठमाडौ । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै टिकटक प्रतिबन्ध तत्काल नखुल्ने निश्चित भएको छ ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्ध परेका १० वटै रिटमा अन्तरिम आदेश जारी नहुने भनेको छ । इजलासले उक्त मुद्दाको पूर्ण सुनुवाइका लागि मंसिर १९ गतेलाई पेशी तोक्न पनि आदेश दिएको छ भने रिटमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको छ ।
गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले सामाजिक सदभाव बिग्रिन थालेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सरकारको यो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो।