नेपाल प्रेस युनियन सुनसरीको १०औँ अधिवेशन सम्पन्न

न्युजलय ६ भदौ २०८३, शनिवार ०८:२१ मा प्रकाशित

इटहरी । नेपाल प्रेस युनियन सुनसरीको १० औँ अधिवेशन शनिबार सम्पन्न भएको छ । 

उक्त अवसरमा नौ जना पत्रकार विभिन्न पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।

युनियन सुनसरीले स्थापना गरेका स्मृति तथा सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकारहरूलाई नगदसहित सम्मान गरिएको हो। 

गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट गोरखापत्रकी राधा चालिसे र पत्रकार विष्णु निष्ठुरी सम्मानित भएका छन्। उनीहरूलाई जनही ७५ हजार १ सय १ रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

स्व. पण्डित छविलाल–बालकुमारी पोखरेल स्मृति पत्रकारिता पुरस्कारबाट सचिन पोखरेल, चेतन धमला र अजित झा सम्मानित भएका छन्।

त्यस्तै, स्व. गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कारबाट मनोज भुजेल, स्व. पदम केशर कार्की स्मृति पत्रकारिता पुरस्कारबाट सन्तोष हलुवाई तथा स्व. याम प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट निशा राई र सिर्जनशील युवा पत्रकारिता पुरस्कारबाट खेमराज सापकोटा सम्मानित भएका हुन्। उनीहरूलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

नेपाल प्रेस युनियन सुनसरीले पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न स्मृति तथा सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको जनाएको छ।

नेपाल प्रेस युनियन सुनसरीको १०औँ अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन हुने कार्यक्रम रहेको छ।