काठमाण्डौ । पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनाको स्वाब परीक्षण गर्दा १८९ जनामा कोरोना देखिएको छ।
त्यस्तै, आज २५० जना निको भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या आठ लाख ८ हजार ६०३ पुगेको छ। अझै ५ हजार ४२८ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको छ।