ताप्लेजुङका मालपोत प्रमुख एक लाख ५० हजार घुससहित पक्राउ

न्युजलय ११ बैशाख २०७९, आइतबार ०८:०३ मा प्रकाशित

 ताप्लेजुङ । ताप्लेजुङ मालपोत कार्यालय प्रमुख लेखा पनेरु महतलाई एक लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

अख्तियारको टोलीले आइतबार(आज) बिहान उनलाई फुङलिङ नगरपालिका–४ कोप्चेबाट नियन्त्रणमा लिएको हो। 

मालपोत प्रमुख महतले सेवाग्राहीसँग जग्गा नामसारी गर्न घुस लिएको अख्तियारको दावी छ।