विराटनगरमा १५ वर्षीया किशोरीलाई बलात्कार आरोपमा दुईजना पक्राउ

न्युजलय १२ असोज २०८०, शुक्रबार ०७:११ मा प्रकाशित

विराटनगर । मोरङको विराटनगरमा १५ वर्षीया किशोरीलाई बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।


किशोरीलाई जहदा जयरामपुर धान खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा विराटनगर महानगरपालिका ३ जहदाका २० वर्षीय दीपेन्द्रकुमार मण्डल र अर्का एक जनालाई प्रहरीले बिहीवार साँझ पक्राउ गरेको हो ।



मण्डललगायत ६ जनाले ती किशोरीलाई जहदा जयरामपुर धान खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।


घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।