चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि ८ बुँदे आचारसंहिता जारी गरिएको छ ।
उम्मेदवार तथा प्रतिनिधिले पालना गर्नुपर्ने आचारसंहितामा पार्टीको विधानविपरीत उम्मेदवारले प्रचारप्रसार गर्ने नपाउने, ४ इन्चभन्दा लामो प्रचार सामग्री प्रयोग गर्न नपाइने, बन्दसत्र अवधिमा छुट्टै भेला गर्न नपाइने, भोजभतेर गर्न नपाइने र मादक पदार्थ पिएर प्रचार गर्न नपाइने उल्लेख छ ।
यस्तै समूहगत रूपमा उम्मेदवारी लेखिएका वा छापिएका सामग्री हेरेर मतदान गर्ने नपाइने भनिएको छ ।