विराटनगरमा प्रचण्डले भने – पाँच वर्ष यही गठबन्धन चल्छ

न्युजलय २५ भदौ २०८०, सोमबार ०९:२२ मा प्रकाशित

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष यही गठबन्धन निरन्तर रहने बताएका छन् ।

समाजवादी मोर्चाको सन्देशसभामा विराटनगर आएका उनले गठबन्धन कायम रहनेमा ढुक्क हुन आग्रह गरे । 

मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यसूची छ ।