वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु

न्युजलय १५ माघ २०७८, शनिवार ०५:४८ मा प्रकाशित

वीरगञ्ज । पर्सामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवैजना पुरुष रहेका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा वीरगञ्ज –३ प्रगतीनगर का ७३ बर्षीय पुरुषको शनिबार  (आज) बिहान उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

स्वाश प्रश्वासमा समस्या भएपछि माघ १४ गते एन्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

संक्रमितको अवस्था झन जटिल बन्दै गएपछि भेन्टीलेटरमा राखेर उपचार भईरहेकोमा आज बिहान मृत्यु भएको हो । मृतक पुरुषले यसअघि कोरोना संक्रमण विरुद्धको कोभिसिल्ड खोपको दुई डोज समेत लगाएका थिए ।

यस्तै नारायणी अस्पतालमै बारा जिल्लाको कलैया –५ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि माघ १४ गते एन्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको र आज बिहान  उपचारको मृत्यु भएको हो ।

मृतक पुरुषले यस अघि कोरोना संक्रमण विरुद्धको भेरोसेल खोपको दुई डोज समेत लगाएका थिए ।