इटहरी । इटहरीमा बाढीले बेपत्ता बनाएको अर्को शव पनि फेला परेको छ । यो सगैँ बाढीले इटहरीबाट बगाएकामध्ये तीन जनाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीका अनुसार इलाम सूर्योदय –७ घर भई इटहरी –२ मा मामाघर बस्दै आएका २१ वर्षे रोशन बुढाथोकीको पनि शव फेला परेको हो ।
यसअघि इटहरी –२ को पानीपियाबाट डुबेर बेपत्ता भएका सन्तोष तिवारी र इटहरीबाटै बाढीले बगाएका इटहरी ५ तुलसाटोलका ७१ वर्षीय चन्द्रमणि काफ्लेको शव भेटिएको थियो ।
उनका अनुसार इटहरी क्षेत्रबाट ५ जनालाई बाढीले बगाएको छ । ती मध्ये तीनको शव भेटियो भने दुईजना बेपत्ता छन् । प्रहरी कार्यालयमा परेको निवेदनमा इटहरी–९ का बिनोद पराजुली र वडा नं. ७ का कैलाश मण्डल अझैसम्म भेटिएका छैनन् ।