इटहरी । दुई वर्ष कोरोना महामारीका कारण मन खोलेर होली खेल्न नपाएका नेपालीहरुले यो वर्ष भने हर्षउल्लासका साथ होली मनाइरहेका छन् । कोरोना महामारी सामय हुँदै गएको समयमा प्रशासनसमेत उदार भइदिँदा यो वर्ष रौनकमा वृद्धि भएको हो ।
यता पूर्वका सबैजसो शहर र गाउँका चोकहरुमा चहलपहल बढेको छ । शुक्रबार बिहानैदेखि नै तराइ क्षेत्रका शहरहरमा होलीको माहोल तातिएको हो । एक आपसमा रंग दलेर होली उत्सव मनाइरहेका छन् ।
बालबालिकाका साथै युवा र वृद्धवृद्धाहरु पनि होलीमा रमाइरहेका छन् । होली खेल्नेको संख्या बढ्दै जाँदा प्रहरीले भने सुरक्षा संयमता बढाएको छ । हिजाको तुलनामा प्रहरी पोशाक र सादा पोशाकमा पनि खटाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी संजय सिंह थापाले जानकारी दिए ।
यस्तै ट्राफिक नियम उलंघन गर्नेको संख्या बढ्ने भन्दै प्रदेश १ भरिनै चेक पोइन्टको संख्या बढाइएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्त प्रहरी नायव उपरिक्षक (डिएसपी) संजय सिंह थापाले जानकारी दिए ।