विराटनगर । मोरङको मिक्लाजुङमा कुलोभित्र एक पुरुष मृत फेला परेका छन्।
प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–७ भण्डारी चोकका ५२ वर्षीय मानबहादुर मगर कुलोको पानीभित्र मृत फेला परेका हुन्।
मगरलाई कुलोमा डुबिरहेको देखेपछि आफन्तले बाहिर निकालेर घरमा लगेका थिए। घटनाको जानकारी पाएर प्रहरी घटनास्थलमा पुग्दा उनको मृत्यु भइसकेको थियो।
शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा राखेर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेर कुलोमा लडेपछि बाहिर निस्कन नसक्दा पानीमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ।