नगद १ लाखसहित दमकबाट ६ जुवाडे पक्राउ

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ०५:०५ मा प्रकाशित

झापा । दमकबाट छ जना जुवाडेलाई नगदसहित प्रहरीले पक्राउ गरेको छ।

दमक–२ का मोहनकुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा उनीसहित छ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

पक्राउ पर्नेमा पूर्णप्रसाद शिवाकोटी, विनोद श्रेष्ठ, दिल वहादुर श्रेष्ठ, सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका–६ का दुर्गाबहादुर राई रहेका छन्।

उनीहरूलाई ३ बुङ तास र नगद १ लाख २० हजार ५०० सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।