काठमाडौं । राप्ति हाइड्रोपावरको शेयर बाँडफाँड आज बिहान ९ बजे हुने सिद्धार्थ क्यापिटलले जनाएको छ ।
कम्पनीले गत असार २९ गते निष्काशन गरेको उक्त शेयरमा १५ लाख ३८ हजार ६८८ जनाले १७ करोड २६ लाख ६५ हजार कित्ताको लागि आवेदन दिएको छन् । जुन माग भन्दा ७.९३ गुणा बढीको आवेदन हो ।
कम्पनीले कर्मचारीका लागि सर्वसाधारण समुहको शेयर मध्येबाट ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।
कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरेर बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता शेयर सर्वसाधारणका लागि आह्वान गरिएको थियो ।