माओवादीको आक्रमणबाट कांग्रेसका ४ कार्यकर्ता घाइते

न्युजलय २७ बैशाख २०७९, मङ्गलबार ०२:३७ मा प्रकाशित

रुकुम पश्चिम । विवादले उग्र रुप लिएपछि नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका छन् । आक्रमणबाट नेपाली कांग्रेसका कार्यकर्ता ४ जना घाइते भएका छन् ।

सोमबार राति ९ बजेपछि बाँफिकोट गाउँपालिका–३, दहस्थित कांग्रेस कार्यकर्तामाथि माओवादीका कार्यकर्ताले आक्रमण गरेका थिए ।

आक्रमणमा कांग्रेस वडा सभापति सूर्यप्रकाश मल्ल, वडा सदस्य मित्रलाल ओली, राजेश केसी, हुपजंग बोहरा घाइते भएका छन् । 

जिल्लामा स्थानीय निर्वाचन नजिकिँदै गर्दा गठबंधन भित्रै विवाद चर्किएको छ ।