विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते छन् ।
को २९ प ९१९७ नम्बरको मोटरसाइकल सोमबार बेलुका अनियन्त्रित भई घरको भित्तामा ठोक्किदा मोटरसाइकल दुर्घटना भएको हो । चालक स्थानीय २२ वर्षीय रबि हजारी थारुको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा सोमबार राति मृत्यु भएको जनाइएको छ ।
घाइते भएका मोटरसाइकलमा पछाडि २६ वर्षीय सत्यनारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको छ ।