देशभरका विद्यालयमा कर्मचारीको हड्ताल

न्युजलय १२ भदौ २०७९, आइतबार ०६:१६ मा प्रकाशित

काठमाडौं । विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। 

पियन–लेखापालले विज्ञपति जारी गर्दै आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।

सेवा–सुविधाको वृद्धि गर्नुपर्ने भन्दै उनीहरू निरन्तर आन्दोलनमा उत्रिरहेका छन्। सँगै काम गरेका शिक्षकहरूको तलब बढ्दा आफूहरूको कहिले नबड्ने र अवकाश पछि सेवा सुविधा पनि नपाउने गरेकोमा उनीहरूको गुनासो छ।