भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ हिमाङमा मङ्गलबार बेलुका भएको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर सह–चालकको मृत्यु भएको हो ।
भोजपुरबाट घोडेटार जाँदै गरेको प्रदेश १ ०२ ००३ त ९४० नम्बरको ट्र्याक्टर आफै अनियन्त्रित भई पल्टिँदा सह–चालक हतुवागढी गाउँपालिका १ का रञ्जित सार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।