बढ्यो सुनको मूल्य

न्युजलय २४ जेठ २०८०, बुधबार ०५:११ मा प्रकाशित

काठमाडौँ । बुधबार(आज) सुनको मूल्य बढेको छ । 

आज सुनको मूल्य २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ छ ।

आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम छ ।