मोरङमा उखुबारीको एउटा खाल्डोमा शव फेला

न्युजलय १३ माघ २०७८, बिहिबार ०६:५३ मा प्रकाशित

विराटनगर । मोरङमा उखुबारीमा गाडेको अवस्थामा शव फेला परेको छ ।

धनपालथान गाउँपालिका–७ कमलपुरमा उखुबारीभित्र एक पुरुषको शव फेला परेको हो ।

उखु काट्न गएका किसानले बारीमा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खाल्डो खन्दा गाडेको अवस्थामा पुरुषको शव फेला परेको जनाइएको छ ।

खाल्डो खनेर कपडासहित गाडेको अवस्थामा फेला परेको पुरुषको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।