काठमाडौं । दुबइबाट नेपाल आउने क्रममा सुन लुकाएर ल्याउने सात जना पक्राउ परेका छन्।
अपराध महाशाखाका अनुसार नेपाल वायु सेवा निगमको फ्लाइट नम्वर २३० बाट नेपाल आउँदै गरेका रुपन्देहीका सुरेश बहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराकी निर्मला घलान, धनुषाका बरुण भक्त माथेमा, चीन तिव्वतका लोप्साङ ग्लाल्सेन, नवलपरासीका युवराज भुषाल र भारत दिल्लीका अमन राजपुत पक्राउ परेका हुन्।
पक्राउ परेका सन्दिपको साथबाट ५७२.१६० ग्राम र सुरेश बहादुर शाहीको साथबाट ३९६.८१ ग्राम सुनको पेष्ट फेला परेको छ। सुनको पेष्ट लुकाउनका लागि उनीहरुले आफूले लगाएको सर्ट, अण्डरवेयर, पाइन्ट, बेल्टको प्रयोग गरेका थिए।
उनीहरुलाई त्रिभुवन विमानस्थलको आगमन कक्षको गेट बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।