इलाम । इलामको सन्दकपुरमा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।
सन्दकपुर गाउँपालिका–१ भित्तेका ४६ वर्षे उजबहादुर राईले धारिलो हतियार प्रहार गरी ४० वर्षीया फूलकुमारीको हत्या गरेका हुन् । श्रीमतीको हत्यापश्चात उनले पनि आत्महत्या गरेको इलाम प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फूलकुमारीको शव घरभन्दा ६०–७० मिटर तल मूलबाटोमुनि फेला परेको छ भने उजबहादुरको शव नजिकै निबारोको रुखमा भुन्डिएको अवस्थामा भेटिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र दुवैजनाको शव पोस्टमार्टमका लागि सदरमुकाम पठाइएको प्रहरीले जनाएको छ ।