प्युठानमा बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ३० जना घाइते

न्युजलय ५ चैत २०७८, शनिवार ०७:५५ मा प्रकाशित

दाङ । प्युठानमा भएको बस दुर्घटनामा एक वर्षीया बालिकाको मृत्यु भएको छ भने कम्तिमा २० जना घाइते भएका छन् । घाइतेलाई दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. १ की एक वर्षीया अंशु परियारको मृत्यु भएको छ । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर छ । प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना परेको हो । तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।