वडा अध्यक्षसहित तीन जना ब्राउन सुगरसहित पक्राउ

न्युजलय ४ माघ २०७८, मङ्गलबार ०२:२५ मा प्रकाशित

काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिकाका एक वडा अध्यक्ष लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा ३ का अध्यक्ष रामशरण थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले बताए ।


खनालका अनुसार थारुसहित अन्य तीन जना पनि पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा सुरज थारु, ध्रुव थारु र सुन्दर थारु छन् । प्रारम्भिक अनुसन्धानमा चारै जना लागूऔषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीको भनाइ छ । ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरुले लागूऔषध भुइँमा फालेकाले ठ्याक्कै कति मात्रामा ब्राउन सुगर थियो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।