झापाबाट लागुऔषधसहित तीन जना पक्राउ

न्युजलय २६ फाल्गुण २०७८, बिहिबार ०२:२० मा प्रकाशित

झापा । प्रहरीले ९०० एम्पुल प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा अटो चालक भद्रपुर नगरपालिका १ बस्‍ने २३ वर्षीय सुमन मिश्र, अटोमा सवार २७ वर्षीय युगल खत्री र २४ वर्षीय शंकर लिम्बु रहेका छन् ।


अर्जुनधारा नगरपालिका ११ स्थित पूर्वपश्‍चिमबाट आउदै गरेको ट्याम्पुलाई चेकजाँचका क्रममा उनीहरुलाई अस्थायी प्रहरी बिट नयाँ बसपार्कको टोलीले पक्राउ गरेको हो ।


प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध २०० एम्पुल लुपिजेसिक, २०० एम्पुल एबट, २०० एम्पुल डाइजेपाम, र ३०० ट्याब्लेट नाईट्राभेट गरी ९०० एम्पुल लागु औषध बरामद गरेको छ ।

 

पक्राउ परेका उनीहरुलाई झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।