थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि

न्युजलय २ भदौ २०७९, बिहिबार १०:०२ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

कुल ४ हजार ९३० जनामा गरिएको परीक्षणका क्रममा ५४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सोही अवधिमा ४२१ जना निको भएका छन्  । 

सो अवधिमा मृत्यु भने कसैको भएको छैन ।