एसीसी यू–१९ एसिया कप क्रिकेटः नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दै

न्युजलय ९ पुस २०७८, शुक्रबार ०६:१६ मा प्रकाशित

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले शुक्रबार(आज) बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

सारजाह क्रिकेट मैदानमा भइरहेको खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।

आज दुबै टोलीले जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।इतिहास हेर्दा नेपालभन्दा बंगलादेश बलियो देखिन्छ ।

नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ ।