नेप्से ५४.४५ अंकले बढ्यो

न्युजलय ९ साउन २०७९, सोमबार ०९:१४ मा प्रकाशित

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ । सोमबार ५४.४५ अंक बढेसँगै नेप्से २१३२ अंकमा कायम भएको हो । 

कारोबार रकम उल्लेख्य बढेको छ । आइतबार २ अर्ब ७३ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब १० करोडको भयो ।

आज सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ २१, विकास बैंक २१३, फाइनान्स १३८, होटल तथा पर्यटन ७५, जलविद्युत् १०७, जीवन बीमा २१०, उत्पादन १७०, माइक्रोफाइनान्स १८५, निर्जीवन बीमा १२५, अन्य १४ र ब्यापार उपसमूह ५० अंक बढे । 

१७६ कम्पनीको मूल्य बढ्दा एउटाको घट्यो भने ३ को स्थिर रह्यो ।