मोरङमा पाँच केजी गाँजासहित चार जना पक्राउ

न्युजलय २० फाल्गुण २०७८, शुक्रबार ०९:५९ मा प्रकाशित

विराटनगर । बेलबारी नगरपालिका–४ बेतना सिमसारबाट पाँच केजी गाँजासहित चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–१ बस्ने १९ वर्षीय गोबिन्द बिक, १९ वर्षीय मुस्कान राई, धनकुटा आखिसल्ला घर भएका ३३ वर्षीय केशरमान राई र धनकुटा महाभारत घर भएका २८ वर्षीय मनोज राई रहेका छन् । 

ईलाका प्रहरी कार्यालय बेलबारीबाट छुट्टाछुट्टै समयमा खटिएको प्रहरीले गोबिन्द र मुस्कानलाई करिब १ केजी गाँजासहित पक्राउ गरेको थियो ।

यस्तै, को २ ह ३२१५ नम्बरको अटोमा सवार अटो चालक केशरमान र मनोजलाई ४ केजी गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।