धरान । धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाको भाईमाथि घरमै सांघातिक आक्रमण गरिएको छ । धरान १५ स्थित बेघाको घरमा पसेर हातहतियार सहितको समूहले भाइलाई खुकुरी प्रहार गरेको हो ।
अराजक युवाहरु आएर ढुङ्गा–मुढा गरेको र घरमै हात हतियार लिएर भित्र प्रवेश गरी कान्छा भाइ विष्णु बेघामाथि आक्रमण गरिएको स्थानीयले बताए । उनको देब्रे गालामा काटेको छ ।
प्रहरी समयमा नआएपछि बेघाले फेसबुक लाइभ गर्दै असन्तुष्टी पोखेका छन् ।