राप्रपा प्रदेश कमिटिले इटहरीमा विरोध सभा गर्ने

न्युजलय ७ पुस २०८१, आइतबार ०२:३६ मा प्रकाशित

इटहरी । कोशी प्रदेश सरकारको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशले विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीले पुस १३ गते इटहरीमा विरोध सभा आयोजना गर्ने भएको हो ।


 जनअपेक्षा अनुरुप कोशी प्रदेश सरकारले काम गर्न नसकेको पार्टीका प्रदेश अध्यक्ष राम कुमार थापाले आरोप लगाएका छन् । शिक्षा, स्वास्थ्य जस्ता आधारभुत सेवा प्रवाहमा समेत कोशी प्रदेश सरकार चुकेको उनको आरोप छ ।


विरोध सभामा प्रदेश सरकारको खारेजी, स्थानीय स्वायत्त शासन प्रणालीको अधिकार पुनःस्थापना, धार्मिक स्वतन्त्रता र सनातन वैदिक हिन्दू राष्ट्रको पक्षमा आवाज उठाइने थापाले बताए ।


साथै, सहकारी पिडितका विषयका साथै धार्मिक स्वतन्त्रताको सुनिश्चितता र सनातन वैदिक हिन्दू राष्ट्रको पक्षमा प्रस्ट उभिनुपर्ने विषयमा पनि जोड दिनेछ ।