विश्वकप ग्लोबल छनोटमा आज फिलिपिन्ससँग खेल्दै नेपाल

न्युजलय ७ फाल्गुण २०७८, शनिवार ०२:०८ मा प्रकाशित

काठमाडौं । विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार नेपालले फिलिपिन्ससँग खेल्दै छ ।


आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्सको सामना गर्न लागेको हो ।

 

शुक्रबार पहिलो खेलमा ओमानलाई घरेलु मैदानमा पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने छ ।


नेपालले अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्ससँग बिहान पौने १२ बजेपछि खेल्नेछ ।


शुक्रबार पहिलो खेलमो ओमानलाई ३९ रनले हराएको नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।


फिलिपिन्स भने पहिलो जितको खोजीमा छ ।