‘ट्वाइलाइट’ अभिनेत्रीले युवतीसँगै बिहे गर्दै

न्युजलय २१ कार्तिक २०७८, आइतबार ०७:१७ मा प्रकाशित

एजेन्सी । हलिउड अभिनेत्री क्रिस्टिन स्टेवर्टले युवतीसँग विवाहको तयारी गरेकी छिन् । आफ्नी गलफ्रेन्ड डिलन मेयरसँग बिहे गर्ने तयारीमा रहेको उनले जानकारी दिएकी हुन् । 

चर्चित फिल्म ‘ट्वाइलाइट’की अभिनेत्री क्रिस्टिन गत दुई वर्षदेखि स्क्रिनराइटर डिलनसँग प्रेम सम्बन्धमा थिइन् । एक कार्यक्रममा क्रिस्टिनले उनी र डिलनको इन्गेजमेन्टको कुरा निकालेसँगै उनीहरुको बिहेबारे हल्ला चलिरहेको हो।

डिलन मेयर स्क्रिनराइटरका साथै अभिनेत्री पनि हुन्। उनले ‘मोक्सी’, ‘रक बटम’ र ‘मिस २०५९’ जस्ता हलिउड फिल्ममा अभिनय गरेकी छिन्। यता क्रिस्टिन भने नयाँ फिल्म ‘स्पेन्सर’ मा बेलायती राजकुमारी डायनाको मुख्य भूमिका खेल्दै छिन्।