एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा आक्रमण

न्युजलय ११ मङ्सिर २०८०, सोमबार ०१:२१ मा प्रकाशित

ताप्लेजुङ । नेकपा एमाले सचिव एवं संघीय सांसद योगेशकुमार भट्टराई चढेको गाडी उनकै गृहनगर ताप्लेजुङमा तोडफोड गरिएको छ । 


काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङमा पहिचान पक्षधर संगठनका कार्यकर्ताले उनको गाडीमा आक्रमण गरेका हुन् । करिब आठ जनाको संख्यामा रहेका पहिचान पक्षधर संगठनका कार्यकर्ताले गाडीमा ढुंगा र लाठीले आक्रमण गरेको खतिवडाले बताए । आक्रमणबाट गाडीको सिसा फुटेको छ । गाडीमा सवार कोही घाइते नभएको प्रहरीले जनाएको छ ।


आजै एमालेका कार्यकर्ता र पहिचान पक्षधर संगठनका कार्यकर्ताबीच झडप पनि भएको थियो ।